काठमाडौ, भारतीय अभिनेता अमिताभ बच्चन घरकोको पर्खाल बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले भत्काउने भएको छ ।
भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार साँघुरो रहेको सडकलाई फराकिलो बनाउने क्रममा बीएससीले बच्चनको ‘प्रतीक्षा’ भवनको पर्खाल भत्काउन लागेको हो ।
साँघुरो सडक भएका कारण ट्राफिक जाम हुँदै आएपछि बीएमसीले चार वर्ष अघि नै पर्खाल भत्काउनेबारेमा बच्चन परिवारलाई जानकारी दिएको थियो ।
अमिताभको घरको अगाडिको भाग केही मात्रै भत्काउन लागिएको हो ।
प्रतिक्रिया