आइतवार नेप्सेमा ८.४८ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सिमित

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन आइतवार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेको छ ।

आइतवार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूहको ०.६९ प्रतिशत र म्युचुअल फण्डको ०.१ प्रतिशतले यो दिन परिसूचक बृद्धि हुँदा अन्य समूहको परिसूचक भने घटेको छ ।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले, विकास बैंकको १.०४ प्रतिशतले बैंकिङको ०.३६ प्रतिशत, व्यापारिकको ०.४८ प्रतिशत, जलविद्युतको ०.१२ प्रतिशत, निर्जीवन बीमाको ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४१ प्रतिशत, लघुवित्तको ०.५ प्रतिशत, जीवन बीमाको ०.२६ प्रतिशत र लगानी समूहको ०.४२ प्रतिशत परिसूचक घटेको हो ।

आइतवारको बजारमा रू. ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार बराबरको ६० हजार १७५ पटक १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर कारोबार भएको छ । २२४ ओटा कम्पनी कारोबारमा आएका छन ।

आइतवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रहेको छ ।

यस कम्पनीको रू. २१ करोड ५७ लाख १६ हजार बराबरको शेयर कारोबार भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया