बजाज र होन्डाले बढाए मोटरसाइकको मूल्य, नयाँ मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, भारतिय बजारबाट भित्रिने बजाज र होण्डा कम्पनीले नेपालमा बिक्री हुने सवारीको मुल्य बढाएका हुन् ।

कोभिडका कारण पछिल्लो दुई बर्षदेखि दुईपाग्रै सवारी साधनको मूल्य धेरै बढेको छ ।

बजाजले हाल २ हजारदेखि ५ हजारसम्म मुल्य बढाएको छ । जसमा नेपालमा सबैभन्दा बढी लोकप्रिय मोटरसाइल एनएस २०० एफआई एबीएसको झन्डै ४ हजारले मूल्य बढेको छ । यसअघि यस बाइकको मूल्य ३ लाख ८७ हजार ९९९ रहेकोमा अहिले ३ लाख ८१ हजार ९९९ पुगेको छ ।

त्यसैगरी एनएस २०० एबीएसको ३ लाख ५२ हजार ९०० बाट ३ लाख ५५ हजार ९ सय, पल्सर १५० टिडि र पल्सर १५० को मूल्य भने यथावत नै राखिएको छ ।

पल्सर २२० एफको ३ लाख ५० हजारबाट ३ लाख ५२ हजार ९०० पुगेको छ भने डोमिनार ४०० को ५ लाख ७८ हजारबाट ५ लाख ८२ हजार र डोमिनार २५० को ५ लाख ३ हजारबाट ५ लाख ७ हजार पुगेको कम्पनीले जनाएको छ ।

होन्डाले पनि ५ हजारसम्म मूल्य वृद्धि गरेको छ । जस अनुसार साइन र यूनिकर्नको मूल्य ४ हजार रुपैयाँका दरले बढेको छ भने सिबी साइन डीएसएसको २ लाख २९ हजार ९००, साइन एसपी–डीआरएसको २ लाख ३९ हजार ९००, साइन एसपी–डीएसएसको २ लाख ४९ हजार ९०० र सीबी युनिकर्न एसटीडीको २ लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

होन्डाले सिबी साइन डीआरएसको मूल्यमा भने ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । होन्डाको स्कुटर डियो र एभिएटरको मूल्य ३ हजार रुपैयाँले बढेको छ ।  अब ग्राहकले डियो खरिद गर्दा २ लाख १९ हजार ९ सय र एभिएटरको २ लाख २२ हजार ९ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

होन्डा ग्राजियाको स्टायडर्ड भेरियन्टको मुल्य २ लाख २४ हजार ९०० र डिलक्स भेरियन्टको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया