चिर्पट प्रहारबाट २ जनाको मृत्यु, अभियुक्त  पक्राउ

७ बर्ष अगाडि

कैलाली–    लम्कीचुहा नगरपालिका ४ बलिया बस्ने २९ वर्षीय जाहवार चौधरीले घरायसी विवादमा शुक्रबार दिउसो चिर्पट प्रहार गर्दा उनकै बुवा चक्रा थारु र ठूलोबुवा पल्टु थारुको  घटनास्थलमै मृत्यु भएको छ । 
चौधरीको चिर्पट प्रहारबाट उनकी आमा दिलबहाडी देवी चौधरी समेत घाइते भएकोले लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भईरहेको छ ।
कुटपिट गर्ने जाहवारलाई ईलाका प्रहरी कार्यालय लम्की कैलालीको प्रहरी टोलीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया