मोबाइल रिचार्ज गर्दा कुन वालेटको क्यास ब्याक कति ?

४ बर्ष अगाडि

सम्भवतः नेपालमा सबैभन्दा पहिला सुरु भएको अनलाइन भुक्तानीको क्षेत्र हो, मोबाइल टप अप अर्थात रिचार्ज । सेवाप्रदायक थपिएसँगै भुक्तानी सेवामा समेत प्रतिस्पर्धाको स्थिति सिर्जना भएको छ ।

सेवाप्रदायक पिच्छे भुक्तानीका विकल्प र त्यसबाट प्राप्त हुने क्यास ब्याक पनि फरक फरक छ । खासगरी भुक्तानी सेवाप्रदायकले आफ्नो सेवामा ग्राहलाई आकर्षित गर्न क्यास ब्याकसँगै विभिन्न अफरहरू समेत ल्याइरहेका हुन्छन् ।

समयअनुसार सेवाप्रदायकले दिने क्यास ब्याक थपघट भइरहेको हुन्छ । आज हामी मोबाइल रिचार्ज गर्दा कुन वालेटबाट बढी क्यास ब्याक पाउन सकिन्छ भन्ने विषय दाँजेर हेर्दै छौं ।

क्यास ब्याक दर हेरेर मात्रै एप प्रयोग गर्नुभन्दा त्यसमा रकम लोड गर्न सकिने विकल्प, लोड गरिसकेको रकम खर्च गर्न सकिने मर्चेन्ट संख्या आदि समेत तपाईंले विचार पुर्‍याउनुपर्ने हुन्छ । यहाँ हामीले केही चलेका भुक्तानी सेवाप्रदायकको विवरण राखेका छौं । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया