काठमाडौं - भन्सार छलेर ल्याइएका आठ लाख मूल्य बराबरको विभिन्न सवारी साधानका पाटपूर्जाहरु प्रहरीले बरामद गरेका छन् । कल तथा गाडीका पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जनाएको छ ।
नेपालगञ्ज उपमहागरपालिका वडा नं. ७ मा कोठा भाडामा लिएर बस्दै आएका नेपालगञ्ज १५ का ३२ वर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा आठ लाख बराबरको भन्सार छलीका पार्टपूर्जा बरामद भएको प्रहरीले जनाएको छ।
कबडियाले भन्सार छलीका सामानहरु राखेर बिक्री बितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खान तलासी गर्दा बिभिन्न सवारी साधनका पाटपूर्जा बरामद भएको हो ।
प्रतिक्रिया