यसरी असफल बनाउँदै छन् अर्थमन्त्री  खतिवडाले दुई तिहाईको सरकार

७ बर्ष अगाडि

   काठमाडौं । पछिल्लो दिनमा नेपालको शेयर बजार लगातार ओरालो लागेको छ । लगानीकर्ताले वर्तमान सरकार गठन भएपछि करिब ५० अर्ब बराबरको लगानी गुमाएका छन् । शेयर बजारमा कम्युनिष्ट सरकार फाप्दैन भन्दै चलाएको हल्लामा समेत सत्यता नै हो कि जस्तो पनि देखिन थालेको छ । दुई तिहाई प्राप्त कम्युनिस्ट सरकारलाई असफल बनाउन पश्चिमा शक्ति राष्ट्र एवम् भारतीय संस्थापन पक्षले अर्थमन्त्रीको रुपमा डा युवराज खतिवडालाई ल्याए । 

चोर बाटोबाट राष्ट्रियसभाको सदस्य बनाएर अर्थमन्त्री समेत बनाएका पश्चिमा र भारतीय संस्थापन पक्षको गठजोड सफल भएको छ । सामान्य मान्छेलाई लाग्न सक्ला , त्यस्तो जानेको बुझेको र ज्ञान भएको अर्थमन्त्री अरु को होला र ? विगतमा डा रामशरण महतलाई पनि केही मान्छेले त्यस्तै भन्थे । तर डा महत भन्दा पनि पश्चिमा र भारतीय संस्थापन पक्षका लागि यतिखेर डा खतिवडा नै प्रिय भएका छन् । उनले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सोही कुराको पुष्टि गर्दछ । दुई तिहाई प्राप्त वर्तमान सरकारलाई असफल बनाउन उनले बजेट मार्फत पहिलो पटक हमला गरेका थिए । 

पूर्व एमाले कार्यकर्ताहरुको टिप्पणीलाई यदि सही मान्ने हो भने डा खतिवडा विश्व बैंक वा एशियाली विकास बैंक जस्ता बहुराष्ट्रिय साझेदार निकायको उच्च पदको जागिर पड्काउनका लागि मात्रै नेपालको अर्थमन्त्रालयको नेतृत्व सम्हालिइरहेका छन् । किनकी उनलाई केवल बायोडाटा मात्रै बढाउनु छ । सोही बायोडाटा बढाउने लक्ष्यका साथ उनले नेपालको वाम सरकारलाई असफल बनाउने खालका नीति तथा नियम मात्रै होइन काम समेत गरिरहेका छन् ।

 अर्थतन्त्रलाई नजिकबाट नियालीरहेका पूर्व एमाले कार्यकर्ता एवम् अर्थतन्त्रका जानकार नेता भन्छन् डा खतिवडाले सरकारलाई मात्रै डुबाएनन्, नेपालका परिवर्तनकामी जनताको आवाजलाई समेत नराम्ररी धूलीसात पारिदिएका छन् । बजेटमा कुनै पनि नयाँ कार्यक्रम नल्याउनु उनका लागि सबैभन्दा प्रिय विषय बन्यो । दुई तिहाई प्राप्त सरकारको बजेटले नेपाली जनतालाई नयाँ उत्साह दिनुपर्ने थियो । तर त्यसो विल्कुल भएन । कारण उनलाई वर्तमान सरकार सफल बनाउनु भन्दा पनि आफ्नो बायोडाटा बढाउने र विदेशी शक्तिको प्रिय मान्छे बन्नु थियो । नेपाल राष्ट्र बैंकको गर्भनर हुँदा नै डा खतिवडा विश्व  बैंकका परामर्शदाता थिए । अहिले अर्थमन्त्री भए त के भो, उनी अहिले पनि सो बैंकको परामर्शदाताको रुपमा नै कार्यरत छन् । विश्व बैंकको उच्च पद पाउनका लागि उनले जसरी भएपनि वर्तमान सरकार असफल बनाउनुपर्ने छ । त्यसका लागि दातृ निकायले जे जे भन्छन् सोही सोही गर्न उनी तयार देखएिका छन् । 

राष्ट्रियसभामा उनको कार्यकाल दुई वर्षको मात्रै रहेको छ । दुई वर्षसम्म वर्तमान सरकारलाई पूर्ण रुपमा अलोकप्रिय बनाउने र त्यसको जश लिएर उनी विश्व बैंकको जागिर खान जाने सोचमा रहेका उनका निकटवर्तहरु बताउँछन् । कर्थ कदाचित वर्तमान सरकार सफल नै भइहाल्यो भने पनि उनले मैले गरेर सफल भएको भन्दै जश लिनेछन् । यदि सफल भएन भने विदेशीले उनलाई सफलताको माला पहि¥याएर ठूलो पद दिने आश्वासन दिएका छन् । सोही आधारमा उनले हाल काम गरिरहेका छन् । उनकै कटु वचनका कारण शेयर बजार धरापमा परेको छ । नागरिकले आई नखाई केही फाइदा होला भनेर शेयर बजारमा गरेको लगानी डुबेको छ । अर्थमन्त्री अझै पनि बजार तल झरोस् भन्ने मान्यतामा नै रहेका छन् । उनले शेयर बजारलाई डा बाबुराम भट्टराईले जस्तो जुवाको अखडा त भनिहालेका छैनन् । तर व्यवहार भने उनको भन्दा फरक गरेका छैनन् । उनले लगानीकर्ताको विश्वास बढाउने भन्दा पनि लगातार घटाउने काम गरेका छन् । 

त्यतिमात्रै होइन डा खतिवडाले आफ््ना ज्वाई रामशरण खरेललाई उठती धन्दामा राम्रैसँग परिचालन गरेका छन् । खासका मन्त्रीको पिए भएपनि अर्थमन्त्रालयको सल्लाहकार भनाएर खरेल मार्फत पैसा उठाएका छन् । ज्वाई ससूरा कम्पनीले अर्थम्न्त्रालयलाई भन्सारमा परिणत गरेको छ, हामी त देखी सुन्ने मात्रै भयौ, केही गर्न सक्दौनौ, अर्थ मन्त्रालयका एक सहसचिवले भने । ती सहसचिवकाअनुसार ठूला व्यापारिक घराना तथा उद्योगी तथा व्यवसायीलाई बोलाएर यति रकम देऊ तिम्रो काम हुन्छ भन्दै खरेलले मन्त्रीको नाम लिदै थर्काउने गरेका छन् । नेपाल राष्ट्र बैंकका सामान्य निर्देशक रहेका खरेललाई ठाडो तोकादेशमा अर्थमन्त्री डा खतिवडाले मन्त्रालय झिकाएका थिए । 

अर्थतन्त्रलाई डामाडोल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सुसूरा खतिवडाले ज्वाई खरेललाई नागरिक लगानी कोषको सञ्चालक समितिको सदस्य समेत बनाए । गैरकानुनी रुपमा कोषको सञ्चालक समेत बनाइएका खरेल यतिखेर कोषका कर्मचारीले खाई नखाई  जम्मा गरेको रकममा आँखा गाडेका छन् । कोषको रकम दूरुपयोग गर्न उनले चाँजो पाँजो मिलाइरहेका छन् । यस्तै कर्मचारी सञ्चय कोषको रकममा समेत ज्वाई ससूराले आँखा गाडेका छन् । जसरी भएपनि संगठित संस्था धारासायी बनाउने उद्देश्यका साथ ज्वाई ससूरा परिचालित भएको अर्थमन्त्रालयका देखी जान्ने सुन्ने कर्मचारी बताउँछन् । शेयर बजार डामाडोल छँदै छ , भन्सारमा राजस्व पनि कम उठेको छ । आन्तरिक राजस्वको अवस्था पनि उस्तै छ, विदेशबाट आउने विप्रेषणले केही रुपमा अर्थतन्त्र धानेको भएपनि डा खतिवडा अर्थमन्त्रीको रुपमा रहँदासम्म केही नहुने निष्कर्षमा व्यापारी तथा आम सर्वसाधारण समेत पुगेका छन् । 

नेपाली जनताले अर्थमन्त्रीको व्यवहार राम्रो नभएको प्रतिक्रिया दिइरहेको बेला विदेशी दातृ निकायका मान्छे भने प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड समक्ष अर्थमन्त्री जानेको बुझेको र व्यवहारिक भएको भन्दै प्रशंसा गर्ने गरेका छन् । पछिल्लो दिनमा अर्थमन्त्रीको जो कोही विदेशीले प्रशंसा गर्न थालेपछि प्रधानमन्त्री समेत आशंकित भएका छन् । कतै विदेशीले वर्तमान सरकारलाई असफल बनाउन डा खतिवडा त प्रयोग गरेका छैनन् ? प्रधानमन्त्रीले आफ्ना निकटस्थहरुलाई बताउने गरेका छन् । यस्तै पार्टी अध्यक्ष प्रचण्डलाई भेटन जाने विदेशीले समेत अर्थमन्त्रीको नाम लिने गरेका छन् । बालुवाटार र खुमलटार पुग्ने जो कोहीले अरु मन्त्रीको नाम नलिने, नामै थाहा नहुने तर अर्थमन्त्री यस्तो , उस्तो भन्दै अति प्रशंसा गर्न थालेपछि त्यसको राज के होला भन्ने कुराको खोजबिन  समेत सुरु भएको छ । अर्थतन्त्र धरापमा पर्दै जाने, तर अर्थमन्त्रीको प्रशंसा मात्रै हुने प्रवृत्ति खराब प्रवृत्ति भएको निष्कर्षमा बालुवाटार पुगेको भएपनि हालसम्म डा खतिवडालाई हटाउने विषयमा भने कुनै निष्कर्ष निस्किइसकेको भने छैन । 

उता नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत साउद लगानीकर्तालाई नराम्ररी डुबाउर साता व्यापी विदेश भ्रमणमा निकिस्एका छन् । कारोबारको नाममा बजार घटाएर साता व्यापी  भारत भ्रमणमा साउद हिडेको नेप्सेका कर्मचारी बताउँछन् । उनलाई तत्कालीन अर्थमनत्री डा ज्ञानेन्द्रबहादुर कार्कीले नियुक्त गरेका थिए । अर्थ मन्त्रालयबाट स्वकिृति लिएर विदेश भ्रमणमा जानुपर्नेमा कही कतैबाट स्वीकृति नै नलिई उनी मुम्बई स्टक एक्सचेञ्जको अवलोकन गर्ने भन्दै बुधबार भारत तर्फ लागेको बताइन्छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया