राष्ट्रिय सभा बैठकमा गृहमन्त्री सम्वोधन गर्ने

४ बर्ष अगाडि

काठमाडौं - आजको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने भएका छन्  । 
दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा गृहमन्त्री पौडेलले बाढी पीडितका लागि सरकारले गरेको बारे जानकारी गराउनेछन् । 

आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि विशेष समय नराखिएको राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।  

यस्तै आजको बैठकमा २ वटा कार्यसूची तोकिएको छ । प्रधानमन्त्रीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन र  प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट  दोश्रो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया