काठमाडौं - मनकामना स्मार्ट लघुवित्तको साधारण शेयर (आईपीओ)मा सबा १६ लाखले आवेदन गरेका छन् । आईपीओ निष्काशन भएको चौथो दिन आइतबार बिहान ११ बजेसम्ममा उक्त संख्याले आवेदन गरेका हुन् ।
केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससी० ले उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजेसम्म लघुवित्तको आइपीओमा १६ लाख १२ हजार बढी आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको तुलनामा ५८।५२ गुणा बढी हो ।
आवेदनबाट २ करोड १२ लाख ७० हजार कित्ता शेयर माग भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सोमबार ९असार २१ गते० सम्म आवेदन गर्न सकिनेछ ।
लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
प्रतिक्रिया