सानेपामा भारतीय नागरिक मृत फेला, हत्या आशंका

५ बर्ष अगाडि

ललितपुर - ललितपुर महानगरपालिका– २ सानेपा स्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् । 

भारत राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । दई तले घरको दोस्रो तलामा पारिक मृत फेला परेका हुन् । घटनास्थलमा रगत देखिएको छ । 

घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सो घरमा पारिक एक्लै बस्दै आएका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया