काठमाडौं, देशका विभिन्न स्थानमा अविरल वर्षापछि बाढी–पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार बालकसहित २४ पुरुष र तीन बालिकासहित १४ महिला रहेका छन । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा र गोरखामा तीनरतीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुईरदुई, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा एकरएकजनाको मृत्यु भएको हो ।
यस्तै, यस अवधीसम्ममा बाढी–पहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन् । तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा पाँचरपाँच, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा तीनरतीन, जुम्ला र गोरखामा दुईरदुई, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एकरएकजना घाइते भएका हुन् ।
बाढी–पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये दुई बालकसहित १७ पुरुष र एक बालिकासहित सात महिला रहेका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एकजना बेपत्ता भएका हुन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया