एनआरएनएको शपथ ग्रहण कार्यक्रममा लफडा, कार्यक्रमनै स्थगित

५ बर्ष अगाडि

गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औँ साधारण सभामा विवाद उत्पन्न भएको छ । जसका कारण शपथ ग्रहण केही समय स्थगित गरियो । 

विवाद उत्पन्न भएसँगै साधारण सदस्यहरु मंचमा पुगे पछि विवादलाई शान्त पार्न सुरक्षाकर्मी मंचमा बोलाइएको थियो । अघिल्लो नेतृत्वमा रहेका सुनिल साहले नै विधान शंसोधनमा छलफल गर्नु पर्नेमा शपथ ग्रहण कार्यक्रमलाई विधान संसोधन अगाडि राखिएपछि विवाद र चर्काचर्की परेको थियो ।

१० औ साधारण सभाका संयोजक बिआर लामाले समय अभाव हुने भन्दै निर्वाचन आयुक्तलाई मंचमा बोलाए पछि लफडा सुरु भएको थियो । 
 
यद्यपि विवादका बीच नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदीले शपथ लिएका छन् भने उनले पनि पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरूलाई सपथ खुवाएका छन् ।

यससँगै उनी जुलाई ३ देखि एनआरएनए अमेरिकाको विधिवत अध्यक्ष भएका छन् ।

अब सुवेदीको अध्यक्षतामा विधान संसोधन हुने कार्यक्रम छ । साधारण सभामा प्रमुख अतिथि डा युवराज खतिवडालगायत, एनआरएन अन्तर्राष्ट्रियका पदाधिकारी र अन्य संघरसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया