राष्ट्रिय सभाको बैठक बस्दै

४ बर्ष अगाडि

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका  २ वटा संभावित कार्यसुची तोकिएको छ । 

आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन २०७७÷०७७ सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।
 
यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन २०७७÷०७७ सभा समक्ष पेश गर्ने कार्यसुची रहेको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जनाएका छन् । 

राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्र्तगत आज दोश्रो बैठक बस्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया