काठमाडौं - २ सय ४ किलो गाँजासहित जनकपुरधाम उपमहानगरपालिकाबाट एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महासेठले घरमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको हो । पक्राउ परेका महासेठ यसअघि पनि पटक पटक लागुऔष मुद्दामा जेल परेका व्यक्ति हुन् ।
महासेठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया