निर्मलाको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गरेकी छन्
साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरिन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्—‘नेपालमा न्याय मर्यो,न्याय बिकी सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै छन् ।’
मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन् ।उनले
निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले बर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गरिन् ।
सरकारले न्याय नदिदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसंग‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् ।
‘दुइतिहाइको सरकारले ९ महिनामा के के गर्यो ? जनताको बांच्न पाउन अधिकार पनि कुण्ठित भएको र राज्यले भयावय स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो ? उनको प्रश्न छ ’
काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ ।
‘प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि बिबादीत एनजिओको बन्धक बन्न मिल्छ ?उनको प्रश्न छ ।
संबिधानको धारा ९१ क मा फरक—फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भनेपनि सरकारले संबिधान लल्याइएको उनको भनाइ छ ।
सरकारले प्रेस स्वतन्त्रता,न्याय पालिकामा पनि कब्जा गर्ने रणनीति असफल हुने उनको दाबि छ ।
अहिलेको दुइतिहाइ सरकारलाइ असफल हुने अधिकार नभएको भन्दै उनले सरकार संघीयताको कार्यान्वयनमा पनि चुक्दै गएको आरोप लगाइन् ।
कांग्रेस बलियो बनाउने पांचवटा सुत्र :
कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी उनले कांग्रेसलाइ ५ वटा सको आबश्यकता रहेको बताइन् ।
सडक,सदन,सत्याग्रह ,संगठन र सहमति नै कांग्रेस बलियो बनाउने सुत्र भएको उनको जिकिर छ ।
पार्टीमा उमेर हदबन्दी जरुरी नरहेको उनको भनाइ छ । उनले भनिन् —‘ उमेर ठूलो कुरा होइन,बिचार र नेतृत्व ठूलो कुरा हो ।’
सोहि कार्यक्रममा क्लवले मानव अधिकार तथा शान्ति समाजमा निर्वाचित केन्द्रिय बरिष्ट उपसभापति गोबिन्द खनाल र केन्द्रिय सदस्य मिना ढकाललाइ पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया