काठमाडौं - काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।
उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन आज दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
उपत्यकामा बैशाख १६ गतेदेखि लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । आजदेखि थप क्षेत्रमा खुकुलो बनाउनका लागि निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।
पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । पसलहरुपनि खोल्न दिइएको छ ।
प्रतिक्रिया