शनिबार काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या कति ?

४ बर्ष अगाडि

शनिबार काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा कुल ७ हजार ९ सय ५५ सक्रिय संक्रमित रहेको छन ।

हाल काठमाडौं जिल्लामा ५ हजार ५१, ललितपुरमा १ हजार ६९४ र भक्तपुरमा १ हजार २१० सक्रिय संक्रमित छन्। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया