फिल्म ‘गदर’ को  सिक्वेल बन्दै, सनी र अमीषालाई दोहोर्‍याउने तयारी

४ बर्ष अगाडि

काठमाडौं, बलिउड इन्डस्ट्रीमा ब्लकबस्टर फिल्मको कुरा गर्दा ‘गदर’ को नाम कदापी छुट्दैन ।३ अब यो फिल्मको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक अनिल शर्मा यतिबेला सिक्वेलमा काम गरिरहेको भारतीय मिडियाले बताएका छन् । उनी दोस्रो पार्टमा पनि सनी देओल र अमीषा पटेललाई दोहोर्‍याउने तयारीमा छन् । 
 
निर्देशक शर्मा ‘गदर २’ को स्क्रिप्टमा लामो समयदेखि काम गरिरहेको र चाँडै फिल्मको घोषणा हुनसक्ने इन्डिया टाइम्सले उल्लेख गरेको छ । तर, फिल्मका निर्माताले अहिलेसम्म सिक्वेलको विषयमा आधिकारिक जानकारी दिएका छैनन् । निर्देशक अनिलका छोरा उत्कर्षले ‘गदर’ मा सनी र अमीषाको छोराको भूमिका निर्वाह गरेका थिए । उनी पनि सिक्वेलमा दोहोरिने बताइएको छ ।
 
‘गदर’ १५ जून २००१ मा आमिर खान स्टारर फिल्म ‘लगान’ सँग एकसाथ रिलिज भएको थियो । यसका बावजूद पनि फिल्मले बक्सअफिसमा कयौं रेकर्ड तोडेको थियो । फिल्ममा अमरीश पुरी, सुरेश ओबेरोय, लिलेट दुबे र डली बिन्द्राको पनि मुख्य भूमिका थियो । हालै फिल्म रिलिजको २० वर्ष भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया