झापामा ३५ घर डुबानमा, बाढीले बगाउँदा २ जनाको मृत्यु

५ बर्ष अगाडि

अविरल वर्षाका कारण नदीहरुमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् ।

।झापा गाउँपालिका–५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा रहेको छन् ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं।७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं। ५ को बालुबथानतिर पस्ने अवस्थामा छ । अविरल बर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको उनले बताए । 

त्यसैगरी कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–५ को सिङ्गो बस्ती डुबानको उच्च जोखिममा परेको छ । सशस्त्र प्रहरी हेडक्वाटर २ नम्बर गणका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले डुबानमा परेका परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली तैनाथ रहेको बताए । पानी नरोकिए र नदीमा पानीको बहाव नघटे उनीहरुलाई आजै सुरक्षित स्थानमा सारिने उनले बताए ।  

बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु
उदयपुरको चौदण्डी गढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । अर्का गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई आज बिहान १० बजेतिर बाढीले बगाएको थियो । 

बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट खटिएको प्रहरी र स्थानीयवासीले उनलाई व्यापक खोजी गरिएको थियो । खोजीका क्रममा बगाएको स्थानभन्दा दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पोष्टमार्डमका लागि शवलाई बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

गोरखामा खोलाले बगाएर मृत्यु
गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ ।  बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उहाँले जानकारी दिनुभयो । अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । उनको उपचार गर्दागर्दै  करिब ११ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । लगतारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई बगाएको हो । मतृकको शव परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया