ट्याक्सी विषेश कारबाही सम्बन्धी जानकारी

७ बर्ष अगाडि

यात्रुसंग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीलाई तिब्रता दिएको छ । आज मात्रै ७६ जना ट्याक्सी चालकहरु कारबाहीमा परेका छन । उपत्यकाका बिभिन्न स्थानमा प्रहरीले नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई कारवाहि गर्दै आएको छ । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एस.एम.एस, Facebook page (Metropolitan Traffic Police Division), mobile application( traffic police, nepal ) र twitter (valleytraffic) मा जानकारी गर्नुहुन समेत ट्राफिक प्रहरीको अनुरोध गर्दछौं।

७ बर्ष अगाडि

प्रतिक्रिया