काठमाडौं, आफ्नै छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ मा बस्ने ३१ वर्षीय पुरुष रहेका छन् ।
घरमा कोही नभएको मौका छोपी आफ्नै १५ वर्षीया छोरीको संवेदनशील अंग चलाउने र समाउने गरेको आरोप उनीमाथि लागेको छ । छोरीले दुई दिनअघि दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जाहेरीमा उल्लेख भए अनुसार करिब एक वर्षदेखि उनले यौन दुव्र्यवहार गर्दै आएका थिए । बाल यौन दुरुपयोग कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।
प्रतिक्रिया