अवैध लागूऔषधसहित तीन जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, रुपन्देहीको सैनामैनामा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सैनामैना नगरपालिका– बेमतेनीका दिलबहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका ९ का रमेशबहादुर आचार्य र कपिलबस्तु जिनुवाका रमेश मरासिनी रहेको जि ल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले बताए 

प्रहरीले उनीहरुको साथबाट ४ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन बरामद् गरेको हो 

पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट लागूऔषध मुद्धामा ५ दिन म्यादथप गर्न अनुमति लिइ थप अनुसन्धान भइरहेको उनले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया