विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो, कति होला मुल्य ?

४ बर्ष अगाडि

भारतीय टेलिकम कम्पनी जियो र गुगलको सहकार्यमा विश्वकै सस्तो स्मार्टाफोन सार्वजनिक हुने भएको छ । चिनियाँ स्मार्टफोन ब्राण्डलाई चुनौती दिने योजनाका साथ जियोले हालसम्मकै सस्तो मूल्यमा बजारमा स्मार्टफोन ल्याउन लागेको हो ।

पछिल्लो समय भारतमा स्मार्टफोन बोक्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरी चिनियाँ ब्राण्डले सस्तो मूल्यमा स्मार्टफोन विस्तार गरिरहेका छन् । तर, अब भने जियोले चिनियाँ कम्पनीलाई समेत असर गर्ने गरी सस्तो स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

कम्पनीले ‘जियो फोन नेक्स्ट’ को रुपमा यो फोन सार्वजनिक गर्नेछ, जुन विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन हुने दाबी गरिएको छ । प्रविधिको हिसाबले उत्कृष्ट फिचरका साथ सस्तो मूल्यमा स्मार्टफोन भित्र्याउन कम्पनीले गुगलसँग सहकार्य गरेको छ ।

यो फोनमा कस्ता फिचर रहने छन् भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन । तर, पनि फोनमा स्मार्ट क्यामेरा, भ्वाइस असिस्टेन्ट, ट्रान्सलेसन लगायतका फिचर हुने जनाइएको छ । त्यस्तै एन्ड्रोइडको मोडिफाइड भसर्न प्रयोग गरिने फोनमा गुगलका सम्पूर्ण लोकप्रिय एप उपलब्ध हुनेछन् ।

यो फोन सन् २०२१ को अन्त्यसम्म भारतीय बजारमा सार्वजनकि गरिने जनाइएको छ । बजारमा यसको मूल्य बढीमा १९ सय भारू पर्ने जनाइएको छ ।टेकपाना 

४ बर्ष अगाडि

प्रतिक्रिया