अभिनेता आमिर खान र किरणले गरे सम्बन्ध विच्छेद  !

४ बर्ष अगाडि

बलिउड अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव अलग हुने भएका छन् ।  आमिर र किरणले  १५ वर्षको बैबाहिक जिबन यहि टुङ्ग्याउने भएका हुन् ।  

उनिहरुले एक नोटिस जारी गर्दै भनेका छन् ‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी जीवनको एउटा नयाँ अध्याय सुरु गर्न चाहन्छौं– त्यो पति र पत्नीको रुपमा हुने छैन । हामी सह–आमाबाबु र परिवारका रुपमा मात्र रहनेछौं’। ‘हामीहरुले केही समय पहिले नै योजनाबद्ध किसिमले अलग्गिने तयारी थालेका थियौं । अहिले भने यो कामलाई औपचारिकता दिन सहज महशुस गरेका छौं । हामी छोरा आजादप्रति समर्पित अभिभावकहरु नै छौं, जसलाई हामी पालनपोषण गर्नेछौं र सँगै हुर्काउनेछौं । हामी फिल्म, पानी फाउण्डेसन र अन्य प्रोजेक्टहरुमा सहयोगीका रुपमा काम जारी राख्नेछौं’, 

 उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए ।

आमिरले यसअघि रीना दत्तसँग  विवाहको १६ वर्षपछि डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया