माथिल्लो तामाकोसी जलविद्युत आयोजना अबको अढाई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ । ४५६ मेगावाट जडित क्षमता भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुवात आगामी साताबाटै हुने भएको हो ।
सोमवारबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुने र त्यसको वितरणका लागि प्रसारण लाइनको पनि व्यवस्था मिलाउने कार्य सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
दोलखाको बिगु गाउँपालिकास्थित निर्माणाधीन आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन हुने र बाँकी पाँच युनिट भने असोजको पहिलो सातासम्मा सञ्चालनमा आउने बताइएको छ।
नेपालले भारतबाट मुजफ्फरपुर–ढल्केबर हुँदै आयात गरेको बिजुली प्रतिस्थापन हुने प्राधिकरणको भनाइ छ।
नेपालको प्रणालीमा बिजुली बढी हुन थालेको अवस्थामा ढल्केबरबाट निर्यात गर्न सकिने अधिकारीहरू बताँउछन्।नेपालले हाल प्रति दिन बर्सातको समयमा समेत करिब ६,००० देखि ७,००० मेगावाट प्रतिघन्टा विद्युत् भारतबाट आयात गरिरहेको छ।
तामाकोसी पूर्ण क्षमतामा चल्दा झन्डै ९,००० मेगावाट विद्युत प्रतिघन्टा उत्पादन हुने छ ।७६ मेगावाट विद्युत् उत्पादन हुँदा भने उक्त आयोजनाले लगभग १,५०० मेगावाट प्रतिघन्टा योगदान गर्ने बताइएको छ।
वर्षाको चार महिना माथिल्लो तामाकोसी आयोजनालाई चौबिसै घण्टा चलाउन सकिने प्राधिकरणले जनाएको छ।त्यसबेला बेलुका कम विद्युत् खपत हुने समयमा भारतमा सस्तोमा बेच्नुभन्दा महसुल छुट दिएर नेपालमै बेच्न सकिने शाक्य बताउँछन्।बिबिसी
प्रतिक्रिया