देशभर मनसुनी वायुको सक्रिय प्रभाव, बागमती प्रदेशमा भारि बर्षाको सम्भावना

५ बर्ष अगाडि

काठमाडौं, आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा भने धेरै भारि बर्षाको समेत सम्भावना रहेको बताएको छ ।

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया