शुक्रबार उपत्यकामा ४२८ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, शुक्रबार काठमाडौं उपत्यकामा ४ सय २८ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन्।

२ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया