बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा, कारण यस्तो !

४ बर्ष अगाडि

काठमाडौं, बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन् ।

यामी माथि रकम हिनामिना भएको आरोप लागेको छ । उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो वयान दर्ता गराउन बोलाएको छ । उनलाई ईडीले दोस्रोपटक वयान दर्ता गराउन बोलाउँदै सूचना पठाएको हो ।
 
ईडीले उनलाई फोरियन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट (एफईएमए)अन्तर्गत सोधपुछ गर्न सूचना पठाएको हो । 
 
यामीलाई जुलाई ७ मा पेश हुन आदेश दिइएको छ । अभिनेत्री गौतमको व्यक्तिगत बैंक खाताबाट मुद्रा लेनदेन गरेको देखिएको छ । 

उनीमाथि विदेशी रकमलाई लिएर अनियमितताका लागि अनुसन्धान भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया