मनसुनबाट २६ जिल्ला बढी प्रभावित, खोज र उद्धारको अवस्था के कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं, यस वर्ष हालसम्मको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्की, बाजुरा, पाल्पा लगायतका २६ जिल्ला बढी प्रभावित भएका छन् ।

जेठ ३१ गते रातिको वर्षाका कारण मनाङ जिल्लाको चामे र तालगाउ क्षेत्रमा बाढीपहिरोको जोखिममा परेका पाँच सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मनाङको विभिन्न स्थानमा जोखिममा रहेका ११८ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको जनाइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुक्षेत्रमा करिब ५०० जना स्थानीय प्रशासन र सम्बन्धित स्थानीय तहको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यीर्त, मेलम्ची क्षेत्रमा करिब ६०० जनालाई स्थानीय प्रशासन र सम्बन्धित स्थानीय तहको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । सिम्रिक एयरको हेलिकोप्टरबाट गोरखाको सुलीकोट गाउँपालिका १ बाट ४ जनालाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया