काठमाडौं, देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सको ग्राहक संख्या पाँच लाख पुगेको छ ।
विगत २५ वर्षदेखि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले देशभर फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको वर्ल्डलिंक बिहीवार यो सफलता हात पारेको कम्पनीका निर्देशक लक्ष्मण यादवले बताएका छन् ।
वर्ल्डलिंक पाँच लाख घरधुरीमा इन्टरनेट पुगेको भनी उल्लेख गरेको भएता पनि इन्टरनेट पहुँचको हिसाबले अझ बढी देखिन्छ । किनभने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई आधार मान्ने हो भने एक प्रयोगकर्ता बराबर ४.८८ जना इन्टरनेट प्रयोगकर्ता हुन्छन् । यसको अर्थ वर्ल्डलिंक इन्टरनेट प्रयोगकर्ताको संख्या २४ लाख ४० हजार पुगेको छ ।
प्रतिक्रिया