६ दिनभित्र थप १० लाख डोज खोप ल्याउने प्रधानमन्त्रीको घोषणा

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिनभित्र  चीनबाट थप १० लाख डोज कोरोना खोप ल्याउने बताएका छन् । 

शुक्रबार बालुवाटारमा  भएको एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री  ओलीले अर्को साता चीनबाट न्यूनतम १० लाख डोज खोप नेपाल आइपुग्ने जानकारी दिए । 
जुलाई ८ तारिखमा खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।सरकारले खोप खरिद प्रक्रिया केही साताअघि पूरा गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया