टिका सानु र तीर्थ खत्रीको 'तिज भयो क्यारे ठिस' सर्वजनिक

४ बर्ष अगाडि

काठमाडौं - हिन्दु नारीहरुको महान् पर्व तीज आउन अझै केही समय बाँकी हुँदा नै बजारमा तीजका भाकाहरु घन्किन थालेका छन् । गायिका टीका सानु र तीर्थ खत्रीको नयाँ तीज गीत ‘अहिले पनि तीज भयो क्याहो ठिस’ बोलको गीत सार्वजनिक भएको छ ।  

उक्त तीज गीतमा सबैजनालाई सुरक्षित भएर तीज मनाउन आग्रह गरिएको छ । उक्त गीतको भीडियो गौरव गिरीले बनाएका हुन् । गीतमा पुरुष आवाज गायक मदन ढकाल र तीर्थ खत्रीको रहेको छ भने महिला आवाज टीका सानु र प्रतिभा सापकोटाको रहेको छ ।  

पछिल्लो समयमा तीज गीत भड्किलो बन्दै गइरहेको छ । तर यो गीतमा आफ्नो कला, संस्कृति झल्किने किसिमको भाव व्यक्त गर्दै कोराना महामारीबीचको तीजलाई हाँसी खुसी भएर मनाउन आग्रह गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया