यूनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ग्रेड

५ बर्ष अगाडि

 काठमाडौं - यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड प्राप्त गरेको छ । ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको हो । 

यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले  गुणस्तरमा ठुलो फड्को मारेको छ । नेपालमा मात्र नभई विदेशका ठुला(ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ । 

पारिवारिक घर निर्माण सहित गगन चुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु , बाटो निर्माणमा समेत यो सिमेन्ट प्रयोग गर्न सकिन्छ। 

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुङ्गा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया