गोर्खा फाउन्डेशनद्धारा मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर

५ बर्ष अगाडि

काठमाडौं - मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग
गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो । 
    
फाउन्डेशनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका प्रमुख विमल आचार्यलाई सो सामग्री हस्तान्तरण गरेका छन् । मेचीनगरमा विभिन्न दातृ निकायले दिएको र नगर आफैँले खरीद गरेको असिक्जन सिलिण्डरको सङ्ख्या ९० बढी भएको नगरप्रमुख आचार्यले बताए । 

उनले नगरभित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यकताअनुसार आज प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने बताए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया