युरोकप: क्वाटरफाइनल खेल आजबाट सुरु, आज २ खेल हुने

४ बर्ष अगाडि

जारी १६ औं संस्करणको युरोकपमा आजबाट क्वाटरफाइनल खेलहरु सुरु हुँदैछ ।आज  युरोकपमा  क्वाटरफाइनलका  दुई खेल हुनेछन् । 

पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दैछन् । खेल नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ । स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ ।

यस्तै आजै हुने दोश्रो खेलमा बेल्जियम र इटाली भिड्दैछन् । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । 

उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया