यूएईका नागरिकले नेपालसहित १४ देशमा यात्रा गर्न नपाउने

४ बर्ष अगाडि

काठमाडौं - संयुक्त अरब इमिरेट्स ९यूएई० ले आफ्ना नागरिकलाई नेपाल लगायत १४ देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई साउन ६ गतेसम्मका लागि नेपाल, भारतसहित १४ मलुकको यात्रामा रोक लगाएको हो ।

यूएईले आफ्ना नागरिकलाई यात्रा नगर्न भनेको अन्य देशमा बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया