अबैध ७० बोरा चिनि सहित ट्रक चालक पक्राउ

५ बर्ष अगाडि

भारतबाट भन्सार छली गरी ल्याइएको चिनीसहित ट्रक तथा चालक पक्राउ परेका छन् ।  सशस्त्र प्रहरीको टोलीले विराटनगरबाट ७० बोरा चिनि सहित  ट्रक तथा चालकलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा सुनसरीको देवगञ्ज गाउँपालिका– २ का २८ वर्षीय राजेश कुमार खत्वी रहेका छन् ।  उनले चलाएको र  को १ ख २१२९ नम्बरको ट्रकलाई विराटनगरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बखरी बीओपीका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तले नियन्त्रणमा लिएका थिए ।

प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बरावरको रहेको छ । बरामद चिनी बीओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया