आन्तरिक उडानबाट बिहीबार दुई हजार बढि यात्रुले छोडे काठमाडौं

४ बर्ष अगाडि

काठमाडौं - आन्तरिकतर्फ हवाई उडान सुरु भएको पहिलो दिन बिहीबार पाँच हजार ६ सय एक यात्रुले सेवा लिएका छन् । 

कोरोना महामारीका कारण ५८ दिन बन्द रहेको खुलेको उडानमार्फत बिहीबार दुई हजार चार सय ३० जना काठमाडौंबाट बाहिरिएका छन् ।

त्यस्तै तीन हजार एक सय ७० जना काठमाडौं भित्रिएका छन् ।आन्तरिकतर्फ साबिकको तुलनामा ५० प्रतिशत उडान मात्रै सञ्चालन गरिएको छ । 

बिहीबार ५१ उडानको तालिका थियो । तर मौसम खराब हुँदा भैरहवा, डोल्पा लगायतका आठ उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । 

हवाई सेवा कम्पनीहरूले बिहीबारको उडानमा टिकट बुकिङ उत्साहजनक रहेको जनाएका छन्। पहिलो दिनमै ८० प्रतिशतभन्दा बढी बुकिङ आएको उनीहरूको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया