काठमाडौं, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ७ मा पर्ने अर्जुन डाँडोलाई पर्यटकीय क्षेत्र बनाउन र त्यहाँ पुग्ने आन्तरिक तथा बाहृय पर्यटकहरुलाई तम्घास बजारसहितको मनमोहक दृश्य लिने गरी ‘सेल्फी टावर निर्माण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजार खर्च गरि उक्त टावर निर्माण गरिएको हो ।
टावर निर्माण भएसँगै तम्घास बजारसहितको मनमोहक दृश्य अवलोक गर्न सकिने भएको छ । वडाअध्यक्ष वडाअध्यक्ष मोहनप्रसाद पाण्डेका अनुसार टावरबाट एकै पटक २० जनासम्मले अवलोकन गर्न सकिन्छ ।
टावरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दिरहरुलाई मर्मत र नयाँ संरचना निर्माण गर्न थालिएको छ । यसअघि अर्जुन डाँडोलाई पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय २० लाख बजेटमा प्रवेश द्वार, पानीको फोहोरासहितको पोखरी, वनभोज जानेहरुको लागि भवन बनाइएको छ ।
प्रतिक्रिया