'निर्मलालाई सामुहिक बलात्कार' महेन्द्रनगरका चार युवा काठमाडौं ल्याइयो

७ बर्ष अगाडि

काठमाडौं — बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।  आजको नयाँ पत्रिकामा खबर छ ।

प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । 

घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो । 

समुहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै वृत्त महाराजगन्जका थुनामा छन् । 

अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको  देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ । 

अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ, एक प्रहरी अधिकारीले भने । 

७ बर्ष अगाडि

प्रतिक्रिया