युरो कप : दर्शकमा कोरोना संक्रमण दर बढ्दो, आयोजकलाई सचेत रहन डब्लूएचओको अनुरोध

४ बर्ष अगाडि

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरो कपका आयोजक सहरलाई समर्थकको आगमन र प्रस्थानलाई लिएर चनाखो रहन अनुरोध गरेको छ ।

अहिले लन्डन र सेन्ट पिटसबर्गमा कोरानो भाइरस संक्रमणको दर फेरि बढेको छ । लन्डनले अर्को साता प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल आयोजना गर्दैछ ।

साथैै रुसी सहर सेन्ट पिटसबर्गले शुक्रबार स्विटरल्यान्ड र स्पेनबीचको खेलको आथित्य गर्दैछ । डब्लूएचओका युरोपेली क्षेत्रीय निर्देशक हान्स ख्लगले युरो कप कोरोना भाइरसको संक्रमण दर बढाउन मुख्य कारण रहेको तथ्यलाई अस्विकार गर्न नमिल्ने पनि बताएका छन् ।

युरोका खेल हेरेका दर्शकमाझ अहिलेसम्म सयौं संक्रमणको घटना अगाडि आएका छन्  । यसमा सबैभन्दा अगाडि लन्डनबाट फर्केका स्कटिस समर्थक, सेन्ट पिटरबर्गबाट फर्केका फिनल्यान्ड समर्थक रहेका छन्  । 

संयुक्त राष्ट्र संघ आवद्ध संस्थाहरूले यसपल्ट कुनै पनि ठूला भेला नगर्न भनिसकेको छ र यसमा फुटबल रंगशालामा आउने दर्शक पनि रहेका छन्  । 

४ बर्ष अगाडि

प्रतिक्रिया