काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा अविरल वर्षा, सतर्कता अपनाउन आग्रह

५ बर्ष अगाडि

काठमाडौं –  मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानमा स्थानहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिनभर नै देशका अधिकांश स्थानमा निरन्तर वर्षा हुने महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने भएकोले  सतर्कता रहन महाशाखाले आग्रह गरेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया