बढ्न थाल्योे कोरोना संक्रमण र मृत्यु दर, १७ जिल्लामा ५०० बढी सक्रिय संक्रमित

४ बर्ष अगाडि

काठमाडौँ– कोरोना भाइरस संक्रमण दर र मृत्युदर दुबै बढ्दो क्रममा रहेको छ ।

हरेक दिनको कोरोना परीक्षण र संक्रमितको संख्या तथा हरेक दिनको कुल संक्रमित संख्या र मृत्यु संख्याका आधारमा संक्रमण दर र मृत्युदर बढेको देखिएको हो ।

यही असार ११ गते १७.२५ प्रतिशत रहेको संक्रमण दर १७ गते २५.१८ प्रतिशत पुगेको छ । यसै गरी मृत्यु दर पनि बढ्दो क्रममा देखिएको छ । असार ११ गते ०.०५८ प्रतिशत रहेको मृत्युदर १७ गते ०.१ प्रतिशत पुगेको छ । 

बिहीबार काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ३५४ रहेको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ५ हजार ११ जना, ललितपुरमा १ हजार ९४८ जना र भक्तपुरमा १ हजार ३९५ जना सक्रिय संक्रमित रहेका छन् । 

बिहीबार काठमाडौँमा ३१६ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा १९ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १७ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमित संख्या सबैभन्दा बढी रहेको जिल्ला काठमाडौँ र प्रदेश वाग्मती रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया