काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयरपछिको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ ।
नेप्सेले कम्पनीको १५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय २९ रुपैयाँ निर्धारण भएको छ ।
कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज आइतबार नेप्सेमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया