ओलीले आज आह्वान गरेको बैठकमा नेपाल समूह सहभागी नहुने

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । 

बिहीबार काठमाडौंमा बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आह्वान गरेको बैठकमा सहभागी नहुने निर्णय गरिएको स्रोतले बताएको छ ।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीबाट बोलाउनुपर्नेमा त्यसो नगरिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरिएको बताईएको छ ।

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । एमालेलाई ९ औं महाधिवेशनको मार्गनिर्देशन अनुसार चलाउनका लागि पहल गरिरहेको तर पार्टीको विधि विधान विपरीत महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठक नै अवैध रहेको बैठकले निष्कर्ष निकालेको जनाइएको छ । 

ओली पक्षले बुधबार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपन्तारण गरेको थियो । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा माधव समूहले आपत्ति जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया