काठमाडौं, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै २१ गुणा भन्दा धेरै आवेदन परेका छन्।
कम्पनीको आइपीओमा ५ लाख ८९ हजार ८१२ जना आवेदकबाट ७९ लाख ७२ हजार ८३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार सर्बसाधारणमा बिक्रीमा ल्याएको आइपीओको २१ गुणा भन्दा बढी होे।
कम्पनीले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता शेय कर्मचारीहरुका लागि र कुल १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ।
प्रतिक्रिया