काठमाडौंमा थपिए ३ सयभन्दा बढी संक्रमित, कुन जिल्लामा कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय १६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ललितपुरमा ७४ तथा भक्तपुरमा २९ गरी काठमाडौं उपत्यकामा कुल ४ सय १९ जनामामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं बाहिर झापा जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्की जिल्लामा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङ जिल्लामा १ सय ७६ तथा सुनसरी जिल्लामा १ सय २९ मा संक्रमण पुष्टि भएको छ ।

यीबाहेक अरु जिल्लामा थपिने संक्रमितको संख्या १०० भन्दा कम रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया