पछिल्लो २४ घण्टामा थप २७ भन्दा बढी संक्रमित थपिए, ३३ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गर्दा २७६० जना  संक्रमित थपिएका हुन ।

७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र  ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो।

यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ।

यसैगरी निको हुने दर ९३.७ प्रतिशत छ।

४ बर्ष अगाडि

प्रतिक्रिया