पहिरोका कारण देश भरीका ६ वटा राजमार्ग अवरुद्ध !

५ बर्ष अगाडि

निरन्तर वर्षाका कारण आएको पहिरोले गर्दा देश भरीका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।

पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउने कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

पछिल्ला केही दिनको वर्षाका कारण आएको पहिरोले गर्दा पृथ्वी राजमार्गको सडक खण्ड धादिङ र तनहुँ जिल्लामा अवरुद्ध भएको छ।

त्यस्तै मुग्लिङ–नारायणगढ खण्ड, काभ्रे जिल्लामा बीपी राजमार्ग र ललितपुर हुँदै हेटौँडा जाने सडक अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड पनि अवरुद्ध भएको छ।

यसअघि नै गएका पहिरोका कारण सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र बेँसीसहर–मनाङ सडक खण्ड अवरुद्ध रहेको बताइएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया