साताको अन्तिम दिन १९.१२ अंक बढेर २८४३ विन्दुमा नेप्से, नेको इन्स्योरेन्स शीर्ष स्थानमा

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम  दिन नेप्से परिसूचक १९.१२ अंक बढेर २८४३ विन्दुमा पुगेर बन्द भएको छ।   यस दिन सेन्सेटिभ इण्डेक्स ६.३३ अंक बढेर ५२८.७१ विन्दुमा पुगेको छ।

यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंकको ३.६३ प्रतिशत, वित्तको २.९४ प्रतिशत, अन्यको १.७३ प्रतिशत र लगानीको १.१५ प्रतिशत बढेको छ। बाँकी ७ उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३० करोड ४४ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। 

बिहीबार ओरियन्टल होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत अर्थात ६१ रुपैयाँ बढेर ६७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन २२४ कम्पनीको ७० हजार १९८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको ३ करोड २८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया